स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा छाती रोग खोजपडताल सम्बन्धी एकदिने शिविर सम्पन्न भएको छ । शिविरमा ६ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिकाले स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा अर्जुनचौपारी स्वास्थ्य चौकीमा सञ्चालित एक्सरेद्वारा छाती रोग खोजपडताल शिविरमा क्षयरोगका बिरामी भेटिएका हुन् ।
कम्प्युटरबाट डिजिटल एक्सरेबाट छाती रोग खोज पडताल गरिएको उक्त शिविरबाट अर्जुनचौपारीका गाउँ – गाउँमा रहेका ६ जना क्षयरोगका बिरामी भेटिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
अध्यक्ष तिवारीका अनुसार शिविरबाट ४९९ जना लाभान्वित भएका छन् । सोही शिविरका सेवाग्राही मध्येका ३८ जनाको खकारको नमूना समेत संकलन गरी गर्हौँ – घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा परिक्षणका लागि पठाइएको तिवारीले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिमाले शिविरमा सहभागी हुनेहरूका लागि ६ वटै वडामा नि:शुल्क यातायातको व्यवस्था गरेको थियो । अध्यक्ष प्रकाश तिवारीले यस शिविरले आर्थिक अभावका कारण गाउँघरमा लुकेका क्षयरोगका बिरामीलाई सहयोग पुगेको बताए ।
शिविरमा क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखराका निर्देशक डा. सुनिलराज गौतम, मे.अ. तिलकमानसिंह भण्डारी, ल्याब टेक्निसियन निरिक्षक राजेन्द्र रानाभाट, ल्याब टेक्निसियन नरेन्द्र प्रकाश पौडेल, रेडियोग्राफर निरिक्षक धन प्रसाद रेग्मी, भिरकोट नगर अस्पतालका रेडियोग्राफर रञ्जिता तिमिल्सिनालगायतको दुई दर्जन स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले शिविरमा सेवा दिएको थियो ।
यसअघि भीरकोट नगरपालिकामा १२ जना र वालिङ् नगरपालिकामा चार जना क्षयरोगका बिरामी भेटिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला