स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा छाती रोग खोजपडताल सम्बन्धी एकदिने शिविर सम्पन्न भएको छ । शिविरमा ६ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिकाले स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा अर्जुनचौपारी स्वास्थ्य चौकीमा सञ्चालित एक्सरेद्वारा छाती रोग खोजपडताल शिविरमा क्षयरोगका बिरामी भेटिएका हुन् ।
कम्प्युटरबाट डिजिटल एक्सरेबाट छाती रोग खोज पडताल गरिएको उक्त शिविरबाट अर्जुनचौपारीका गाउँ – गाउँमा रहेका ६ जना क्षयरोगका बिरामी भेटिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
अध्यक्ष तिवारीका अनुसार शिविरबाट ४९९ जना लाभान्वित भएका छन् । सोही शिविरका सेवाग्राही मध्येका ३८ जनाको खकारको नमूना समेत संकलन गरी गर्हौँ – घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा परिक्षणका लागि पठाइएको तिवारीले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिमाले शिविरमा सहभागी हुनेहरूका लागि ६ वटै वडामा नि:शुल्क यातायातको व्यवस्था गरेको थियो । अध्यक्ष प्रकाश तिवारीले यस शिविरले आर्थिक अभावका कारण गाउँघरमा लुकेका क्षयरोगका बिरामीलाई सहयोग पुगेको बताए ।
शिविरमा क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखराका निर्देशक डा. सुनिलराज गौतम, मे.अ. तिलकमानसिंह भण्डारी, ल्याब टेक्निसियन निरिक्षक राजेन्द्र रानाभाट, ल्याब टेक्निसियन नरेन्द्र प्रकाश पौडेल, रेडियोग्राफर निरिक्षक धन प्रसाद रेग्मी, भिरकोट नगर अस्पतालका रेडियोग्राफर रञ्जिता तिमिल्सिनालगायतको दुई दर्जन स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले शिविरमा सेवा दिएको थियो ।
यसअघि भीरकोट नगरपालिकामा १२ जना र वालिङ् नगरपालिकामा चार जना क्षयरोगका बिरामी भेटिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ