पोखरा। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ ।
मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरे । उनीहरुले पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
आजभन्दा ठिक २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, नारायण कार्की, बद्रीविनोद प्रतीक, कोमलनाथ बराल, पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकीका संस्थापक सचिव एवं प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, प्रेस सेन्टरका केन्द्रीय सदस्य बेलु थापा, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरुलगायतले मन्तव्य व्यक्त गरेका थिए । स्व. त्रिभुवनका ससुरा बुवा सुवास अधिकारीले त्रिभुवनको स्मृतिमा कविता वाचन गरे ।
पत्रकार महासंघ गण्डकीका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्माले गरेकी थिइन् । स्वागत मन्तव्य सदस्य विजय नेपालले राखे । स्मृति सभामा स्व.त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारी र स्व. अनिल शाहीका बुवा अशोक शाहीलगायत पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रतिनिधि एवं पत्रकारको उपस्थिति थियो ।
सहभागीले स्व. पत्रकार त्रिभुवन पौडेल र स्व. अनिल शाहीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्य पौडेल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत थिए । पोखरा हटलाइन दैनिकका सम्पादक उनले पत्रकार महासंघ कास्कीमा उपाध्यक्ष एवं दुईपटकसम्म सचिव भई योगदान गरेका थिए । त्यसैगरी, संचारकर्मी शाही रेडियो एपोस्टल संस्थापक थिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु