पोखरा । वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. नारायणप्रसाद गौतम नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको हालैको निर्णयअनुसार सहप्राध्यापक डाक्टर गौतमलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।
आइएस्सीबाट विद्यावारिधिसम्मै वनविज्ञान विषयमा अध्ययन गरेका उनले चीनबाट विद्यावारिधि अध्ययन पूरा गरेका हुन् ।
क्याम्पसबाट उत्कृष्ट शिक्षकबाट सम्मानित, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट शिक्षक सम्मानित हुँदै राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेका २ कार्यकाल सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख र विषय समिति अध्यक्ष भइसकेका गौतम बारा सिमराका स्थायी बासिन्दा हुन् ।
गौतमका वन वातावरण वन्यजन्तु व्यवस्थापन जलवायु परिवर्तन र सामुदायिक वन को क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, पोखराले विगत ५० वर्षदेखि वन, वातावरण, जैविक विविधता, जलवायु परिवर्तन, जलाधार व्यवस्थापन, र वन्यजन्तु अध्ययनको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक योगदान प्रदान गर्दै आएको छ । त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु