राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई साधारण तारेखमा छाड्न उनी पक्षीय वकिलले माग गरेका छन्।
सहकारी ठगीका आरोपित लामिछानेको थुनछेक बहसका क्रममा बुधबार काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले साधारण तारेखमा रिहा गर्न माग गरेका हुन्।लामिछानेविरुद्ध मुद्दाको आधार नभएको जिकिर गर्दै पन्तले उक्त आग्रह गरेका छन्। वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्ने उनको भनाइ छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पन्तको बहस सकिएको छ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको छ। मंगलबार सार्बजनिक बिदा उनलाई आज अदालतमा उपस्थित गराइएकाे हाे।
थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ।
उनलाई अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन्।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्याले उनीबिरूद्ध मुद्दा दर्ता गरेको हो।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’