कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ

कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ

Congress

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन्। बिहीबारका लागि देउवाले सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएका हुन्।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग सामूहिक छलफल गर्न देउवाले उनीहरूलाई बोलाएको बताइएको छ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन्। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्।

सरकारले ६ महिना वित्दा पनि अपेक्षित रुपमा काम गर्न नसकेको गुनासो भइरहेका बेला देउवाले पार्टीका मन्त्रीलाई बोलाएर छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds