महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि `एचपिभी´ खोप लगाइने भएको छ । यहाँका नौ हजार तीन सय १९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने भएको हो ।
यहि माघ २२ देखि फागुन ६ गतेसम्म राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैछ । यसै क्रममा माघ २२ देखि २७ गतेसम्म जिल्लामा सञ्चालन हुने खोप अभियानमा यहाँका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका किशोरीलाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
स्याङ्जाका ११ वटै स्थानीय तहका विद्यालयमा अध्ययन गर्ने लक्षित उमेर समूहमा रहेका ६ देखि १० कक्षासम्माका नौ हजार दुई सय ८८ जना छात्राहरु र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
खोप अभियानअन्तर्गत पुतलीबजार नगरपालिकामा एक हजार सात सय २० जना, भीरकोट नगरपालिकामा ८३३ जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ८० जना, गल्याङ नगरपालिकामा एक हजार एक सय ११ जना, चापाकोट नगरपालिकामा आठ सय ९० जना किशोरीले खोप लगाउने छन् ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जना, आँधीखोला गाउँपालिकामा तीन सय ९९ जना, फेदीखोला गाउँपालिकामा चार सय ६४ जना, बिरुवा गाउँपालिकामा चार सय २६ जना, हरिनास गाउँपालिकामा चार सय ६१ जना, कालीगण्डकी गाउँपालिकामा पाँच सय ९८ जना किशोरीलाई खोप लगाइने प्रमुख चापागाईंले बताए ।
अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने उनको भनाइ छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा