पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ ।
बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुँदैछ ।
निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनी’द्वारा आयोजना हुने तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारी साधनहरूको अवलोकन र टेस्ट–ड्राइभ गर्न सक्नेछन् । साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरूः शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा कार्निभल आयोजना गरिएको हो ।
ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू यो समूहले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ–सि–३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ ।
कार्यक्रममा सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट–ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्स्चेन्ज गर्दा आकर्षक एक्स्चेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८०% सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।
साथै, यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडेलहरूको उत्साहजनक टेस्ट–ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट–ड्राइभबाहेक, कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ ।
सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ। साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलमा नयाँ गाडी खरिद गर्न चाहने, तथा गाडी तथा इभि पारखीहरूलाई कार्निभलमा कम्पनीले आमन्त्रण गरेको छ ।
पोखरा तथा आसपासका ग्राहकले माघ ५ देखि ७ सम्म आयोजित कार्निभलमा सहभागी भई अत्याधुनिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न र आकर्षक डिस्काउन्ट तथा अफरहरूको लाभ उठाउन सक्नेछन् ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?