गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको पृथ्वीचोक स्थित बसपार्कमा ढलानसहितको पक्की बाटो निर्माणको काम सुरु भएको छ । स्थानीयको सक्रियतामा सुरूको निर्माण कार्यको पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरेका हुन् ।
पोखरा ९ वडा कार्यालय र पृथ्वीचोक बसपार्क टोल विकास संस्थाको पहलमा एक महिनाभित्र सक्नेगरी बाटो निर्माण कार्य सुरु भएको हो ।
वडाध्यक्ष मर्सानीले यो सुरुवात व्यवस्थित बसपार्क निर्माणको पहिलो चरणको भएको बताए । उनले गण्डकी प्रदेशको राजधानी तथा देशकै पर्यटकीय राजधानीका रुपमा घोषणा भएको पोखराभित्र व्यवस्थित बसपार्क नहुनु दुःखद कुरा भएकाले वडा र स्थानीय बासिन्दाको यो प्रयासले प्रदेश र सङ्घीय सरकारलाई समेत घचघच्याउने विश्वास व्यक्त गरे ।
वडा कार्यलयको साढे एघार लाख लागत र स्थानीय बासिन्दाहरूको करिब १६ लाख आर्थिक सहयोगमा बाटो निर्माण कार्य सुरु भएको हो । पृथ्वीचोक बसपार्क टोल विकास संस्थाका उपाध्यक्ष तथा बाटो निर्माण समितिका उपाध्यक्ष गङ्गाराज पौडेलका अनुसार उक्त बाटो ८ मिटर चौडाइ र एक सय ८० मिटर लम्बाइको हुनेछ ।
राजनीतिक दलका नेताहरूले प्रत्येक कार्यक्रममा पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गर्दै आएपनि कसैले पनि काम सुरु नगरेकोमा वडा नं.९ का जनप्रतिनिधिले राम्रो कामको सुरुवात गरेकाले आफूहरूले साथ दिएको पौडेलको भनाई छ ।
यसअघि गतवर्ष वडा नं ९ को पहलमा बसपार्कमा नाला निर्माण गरिएको थियो । नेपालका योजनाबद्ध सहर बनाउने उद्देश्यले २०३०/३१ मा पोखरामा भौतिक विकास गुरुयोजना लागू भएको थियो । त्यसपछि २०३२ सालदेखि निर्माण सुरु गर्ने भनेर जग्गा अधिग्रहण सुरु गरिएको पोखरा बसपार्क हालसम्म पनि व्यवस्थित हुन सकेको छैन ।
आफूले निर्वाचनमा गरेको वाचा अनुसारै ढलानसहित पक्की सडक निर्माण सुरु भएकोले अब व्यवस्थित बसपार्क बनाउनेतर्फ अगाडि बढ्ने वडाध्यक्ष मर्सानीले बताए । यसको लागि स्थानीयले साथ दिएको उनको दावी छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा