स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा माघे संक्रान्ती मेलाको अवसरमा भएको तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
कारिकोट स्पोर्ट्स क्लबको आयोजनमा कालीगण्डकी गाउँपालिका -१ स्थित धगौती बगर, तीनमुखे पुलमा भएको भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको निसीखोला गाउँपालिकालाई ३ – २ को सेटमा २५ – १६, २५ – १७, २४ – २६, २३ – २५ र १५ – ९ को अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसङ्गै बौदीकालीले एक लाख ५० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता निसीखोलाले एक लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।
शिल्ड, मेडल र प्रमाणपत्रसहित तेस्रो कालीगण्डकी गाउँपालिकाले ५० हजार रुपियाँ र सान्त्वना बनेको भीरकोट नगरपालिकाले २५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको गण्डकी प्रदेश भलिबल संघका क्याप्टेन हरि पाण्डेले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बौदीकालीका अशोक श्रेष्ठ, उत्कृष्ट स्पाइकर निसीखोलाका प्रकाश सुनार, उत्कृष्ट ब्लकर बौदीकालीका हिमाल सुनारी, उत्कृष्ट सर्भर निसीखोलाका नकुल शाही, उत्कृष्ट डिफेन्डर भीरकोटका जित शाही, उत्कृष्ट सेटर कालीगण्डकीका सुदीप राना र उत्कृष्ट कोच बौदीकालीका योगस ठाडा मगरलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा बौदीकाली गाउँपालिका, निसीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, भीरकोट नगरपालिका, चापाकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको सहभागी रहेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा