स्याङ्जामा टु – इन्च मोर्टार सेल (बम) फेला परेको छ । पुतलीबजार नगरपालिका – १४ लामागे फाँटको खेतमा उक्त बम फेला परेको हो ।
स्थानीय विष्णुप्रसाद पौडेलले आफ्नो खेत जेसीबीले सम्याउने क्रममा खेतको सतहबाट १ हात तल तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा शंकास्पद वस्तु र शंकास्पद एरियाको कर्डन टेपद्वारा कर्डन र सुरक्षा दिने काम गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।
उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको डिएसपी पौडेलले बताए । नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु – इन्च मोर्टार सेल (बम) भएको पुष्टि गरेको छ ।
पोखरा पृतनाबाट बम डिस्पोजल टोलि (नेपाली सेना) आएपछि बम निष्क्रिय गरिने प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । बम डिस्पोजल टोलि घटनास्थल नआउँदासम्म नेपाली प्रहरीले र आँधीखोला ब्यारेक स्याङ्जाले सुरक्षा दिएर राख्नेछ ।
द्वन्द्वकालमा माओवादीले २०५८ साल मंसिर ८ गते स्याङ्जा आक्रमण गरेको थियो । त्यसै बेलामा उक्त बम छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो