पाेखरा । पर्यटकको चाप बढ्दै गएकोले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाइएको छ।
१५ गतेदेखि लागु हुने गरी पाेखरा महानगरपालिका वडा नम्बर २२ सँगकाे समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएकाे जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शाेभा पाण्डेले जानकारी दिइन् ।
दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्ने उद्देश्यले यस्ताे निर्णय गरिएकाे उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज पुग्ने उनकाे भनाइ छ ।
पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छाेरेपाटन देखि शान्ति स्तुप हुँदै जाने बाटाे जान सकिन्छ भने फर्कँदा कालिमाटीकाे बाटाे फर्कनुपर्ने छ । बाइक स्कुटर त्यही बाटाे फर्कन सक्नेछन् भने अन्य साधन कालिमाटीकाे बाटाे हुँदै फर्कनु पर्ने छ ।
पुम्दीकाेट शिव मन्दिरमा व्यवस्थित पार्किङ, अपांगमैत्री पहुँचमार्ग, र अन्य सुविधाहरु निर्माण भइरहेका छन् । पुम्दीकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ। यहाँबाट पर्यटकहरुले फेवाताल, हिमालका दृश्य, र अन्य धार्मिक तथा सांस्कृतिक आकर्षणहरुको अनुभव लिन सक्नेछन्
सम्बन्धित खबर
पोखराको प्रतिभामा साहित्य, संगीत र कलाको मेला
मिस तामाङ पोखराको ताज शिशा घिसिङले पहिरिन्
पोखरा वडा नं. १२ मा स्वास्थ्य शिविर
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
एउटै मञ्चमा गुञ्जिँदै ७ पोखरेली ब्याण्ड, ‘ब्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउने उद्देश्य
१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा