स्याङ्जाको पुतलीबजार नगरपालिका – १४ लामागेमा भेटिएको टु – इन्च मोर्टार बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरिएको छ । पुतलीबजार नगरपालिका – १४ लामागे फाँटको खेतमा उक्त बम फेला परेको थियो ।
स्याङ्जामा रहेको नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेक र पोखरा पृतनाबाट आएको बम डिस्पोजल टोली (नेपाली सेना)ले डिस्पोज गरेको हो । बम डिस्पोज हुँदा लामागे तथा आसपासका क्षेत्रमा ठुलो आवाज आएको थियो ।
बुधबार स्थानीय विष्णुप्रसाद पौडेलले आफ्नो खेत जेसिबीद्वारा सम्याउने क्रममा खेतको सतहबाट एक हात तल तार जडित फलामको बोत्तल जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु – इन्च मोर्टार सेल (बम) भएको पुष्टि गरेको थियो ।
खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा शंकास्पद वस्तु र शंकास्पद एरियाको कर्डन टेपद्वारा कर्डन र सुरक्षा दिने काम गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बम डिस्पोजल टोलि घटनास्थल नआउँदासम्म नेपाली प्रहरीले र आँधीखोला ब्यारेक स्याङ्जाले सुरक्षा दिएर राखेको थियो ।
द्वन्द्वकालमा माओवादीले २०५८ साल मंसिर ८ गते स्याङ्जा आक्रमण गरेको थियो । त्यसै बेलामा उक्त बम छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्