पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो ।
आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेका थिए ।
दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ । दिउँसो एक बजेबाट सुरु हुने उक्त फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् । पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ र उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?