सेभेन ए साइड खुल्ला फुटबल: दोस्रो रिमा स्मृति कपको उपाधि राम लक्ष्मण क्लबलाई

सेभेन ए साइड खुल्ला फुटबल: दोस्रो रिमा स्मृति कपको उपाधि राम लक्ष्मण क्लबलाई

fedikhola rima cup

नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाद्वारा आयोजित सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता दोस्रो स्वर्गीय रिमा स्मृति कपको उपाधि राम लक्ष्मण युथ क्लबले हात पारेको छ ।

फेदीखोला रंगशालामा भएको प्रतियोगितामा निर्धारित समयमा दुवै टोलीले १ – १ गोल गरेपछी भएको पेनाल्टी शूट आउटमा आयोजक नेविसंघ ‘सि’लाई ७ – ६ गोलको अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधिसहित पचास हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेता आयोजक नेविसंघ ‘सि’ले पच्चीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाली काङ्ग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ