आजदेखि स्याङ्जामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नि:शुल्क एचपिभी खोप अभियान सुरु भएको छ । अभियानको सुरुको दिनमै ४२.२ प्रतिशतले उक्त क्यान्सरविरुद्धको खोप लगाएका हुन् ।
आजदेखि २८ गतेसम्म यहाँका ११ वटै स्थानीय तहहरुमा एकैपटक यो अभियान सञ्चालन हुँदैछ । जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका नौ हजार तीन सय १९ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।
आज पहिलो दिनमा पुतलीबजार नगरपालिकामा एक हजार सात सय २० जना मध्ये ६८९, भीरकोट नगरपालिकामा ८३३ जना मध्ये ३८९, वालिङ् नगरपालिकामा एक हजार नौ सय ८० जना मध्ये ५८१, गल्याङ नगरपालिकामा एक हजार एक सय ११ जना मध्ये ५११, चापाकोट नगरपालिकामा आठ सय ९० जना मध्ये ४२२ किशोरीलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जना मध्ये ३२५, फेदीखोला गाउँपालिकामा चार सय ६४ जना मध्ये १४८, बिरुवा गाउँपालिकामा चार सय २६ जना मध्ये १५७, हरिनास गाउँपालिकामा चार सय ६१ जना मध्ये ३६२, कालीगण्डकी गाउँपालिकामा पाँच सय ९८ जना मध्ये ३४६ किशोरीलाई खोप लगाइएको प्रमुख चापागाईंले बताए । आँधीखोला गाउँपालिकाका तीन सय ९९ जनामा खोप अर्को दिन लगाइने चापागाईंले जानकारी दिए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ३१९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइने उनले बताए । अन्त्यमा यहाँका स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान सञ्चालन हुँदैछ ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ