पोखरा । बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका– ५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बि.क., सोही ठाउँ बस्ने वर्ष ३६ कोराजन बि.क.र खोटाङ हलेसी नगरपालिका –१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राई रहेका छन् ।
अन्दाजी रु. ५ करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु.१३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरुलाई बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका– ६ लेकसाइडबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको घर कोठा समेत खानतलासी लिँदा ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाटसेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका रु.३१ लाख बराबरका ४ थान चेकर मोवाईल थान ४ समेत बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो