पोखरा वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।
गएराति १२ः५८ बजे भएको दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक पोखरा २४ कास्कीकोटका २१ वर्षका सफल रानाभाट र पछाडि सवार पोखरा ८ सिमलचौरका सोहि उमेरका सुजल अधिकारीको उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले गण्डकन्यूजलाई दिएको जानकारी अनुसार बैदाम, लेकसाइड स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा उनीहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुम्न पुग्दा सोलारको पोलमा ठोक्किएको थियो ।

Google Map
गम्भिर घाइते दुवै जनालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा सुजलको २ः१४ बजे र सफलको २ः१८ बजे ज्यान गएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको थियो ।
सम्पर्कमा आएका एक साथी (सुजल र सफलका) का अनुसार उनीहरु पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा भएको ‘ब्याक टु नाइन्टिज् कन्सर्ट’मा सहभागी भएर लेकसाइड पुगेका थिए ।
तीव्र गतिमा मोटरसाइकल गुडाउँदा अनियन्त्रित भएर सोलार पोलमा ठोक्किएको बुझिएको छ ।
सम्बन्धित खबर
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको बेतहनीमा तनाव
स्याङ्जामा विङ्गर भ्यान दुर्घटना: एकको मृत्यु, एक घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ