पोखरा । पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण गरिएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)द्वारा शनिबार प्रतिभा माविको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती एवम् बरिष्ठ साहित्यकार सरुभक्त, पोयुसाँप अध्यक्ष रिता अधिकारी (ऋतु), श्रष्टा तथा कवि प्रदीप खनाल, प्रतिभा माविका प्राचार्य किरण सापकोटा, प्रतिभा मावि ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र श्रष्टा प्रदीप खनालका पीता लोकनाथ खनालले एकसाथ कविता संग्रहको लोकार्पण गरेका हुन् ।
कविता संग्रहमा कुल ४१ वटा कविताहरु संगहित रहेको श्रष्टा एवम् कवि प्रदीप खनालले जानकारी दिए । कविता संग्रहको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ । तर लोकार्पण कार्यक्रमको अवसरमा शनिबार भने २ सय रुपैयाँमै प्रदान गरिएको थियो । श्रष्टा एवम् कवि खनाल प्रतिभा माविका सह-प्राचार्य हुन् ।
लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कवि खनालको ‘अनन्त यात्रा’ कविताले समाज बोलेको बताए । राजनीतिको झोले बनिरहेको समाजमा कवि खनालले सचेततापूर्वक विद्रोह गरेको भन्दै उनले भने,‘उनको कवितामा बैचारिक कायाकल्प छ ।’
कविता संग्रह ‘अनन्त यात्रा’को समीक्षक प्रमिला आचार्य शर्माले कवि खनालको कविता अन्तरमनमा स्पर्श गर्ने खालको भएको बताइन् । हरेक कविता पाठकले आफूसँग सम्बन्ध राख्नसक्ने भन्दै उनले अगाडि थपिन्,‘कवितामा आमाको समर्पण, बुबाले जिम्मेवारी बहन गर्न गरेको त्याग, निम्न वर्गियले भोग्नुपरेको प्रताडना, राजनीतिको झोलेवादी संस्कृतिप्रति विद्रोहको भावना झल्केको छ ।’
प्रतिभा मावि व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेलले कवि खनालको कविताले समाज सुधारको आह्वान गरेको बताए ।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले कवि खनालको कविताले हृदय छुने बताए ।
पोयुसाँपका पूर्व अध्यक्ष जीवनसागर भण्डारीले श्रष्टा परिचय गराएको कार्यक्रममा कविहरु मणीप्रसाद डुम्रे, विपी लम्साल, केशु शर्मा र श्रष्टा एवम् कवि प्रदीप खनालले ‘अनन्त यात्रा’ कविता संग्रहभित्रका कविताहरु वाचन गरेका थिए ।
पोयुसाँपका अध्यक्ष रिता अधिकारी (ऋतु)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत र सचिव एमडी काफ्लेले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो