स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको छ । पुतलीबजार नगरपालिका – १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखि फागुन ८ गतेसम्म स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको हो ।
स्याङ्जा जिल्ला भित्रका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले ट्रफी, मेडल र प्रमाण-पत्रसहित ४० हजार रुपैयाँको किटसेट प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ट्रफी, मेडल र प्रमाण-पत्रसहित २० हजार रुपैयाँको किटसेट पाउनेछ ।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार स्वरुप बेस्ट बलर, ब्याटर, किपर र प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफी, मेडल र प्रमाण-पत्रको व्यवस्था रहेको छ ।
यसै प्रतियोगिताको आधारमा अब हुने प्रधानमन्त्री कप: एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिमको पहिलो चरणका खेलाडीहरू छनौट गरिने स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु