वालिङ चेम्बर अफ कमर्सको आयोजनमा वालिङ् खेलमैदानमा ‘प्रथम पिंक सिटि महोत्सव वालिङ-२०८१’ हुने भएको छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नाराका साथ फागुन २१ देखि चैत्र ३ गतेसम्म महोत्सवको आयोजना गरिएको वालिङ् चेम्बर अफ कमर्सका महासचिव तथा प्रवक्ता गणेश राउतले जानकारी दिए ।
वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म गर्ने भनेको महोत्सवको मिति सारेको हो । यसअघि ‘प्रथम वालिङ् सिटि महोत्सव – २०८१’ हुने जानकारी गराएको चेम्बरले महोत्सवको नाम फेरेर मिति पनि सारेको हो ।
वालिङ् उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएकोमा फरक बनाउन दिएको सुझाव तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सातौं संस्करणको स्याङ्जा महोत्सव मिति समेत एकै समयमा परेको हुनाले महोत्सवको नाम र मिति फेरिएको महासचिव राउतले बताए ।
यसअघिको जानकारीमा वालिङ् चेम्बर अफ कमर्सले ‘वालिङ्को सान, कृषि, खेलकुद, संस्कृति पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान’ भन्ने मूल नारा र महोत्सवको नाम ‘प्रथम वालिङ् सिटि महोत्सव – २०८१’ राखेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा