स्याङ्जामा सत प्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नि: शुल्क एचपिभी खोप लगाइएको छ । यहाँका नौ हजार ३९४ जना बालिका र किशोरीलाई एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका खोप फोकल पर्सन मनिष कुमार महतोका अनुसार माघ २२ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत जिल्लाका एघार वटै पालिकामा गरी १००.८ प्रतिशत बालिका र किशोरीलाई खोप लगाइएको छ ।
सो क्रममा पुतलीबजार नगरपालिकामा ९८.८, वालिङ्मा ९८.३, भीरकोटमा १००.८, चापाकोटमा ९९.९, गल्याङमा १०१.५, फेदीखोला गाउँपालिकामा १०२.८, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १०२.१, हरिनासमा १०३.०, बिरुवामा ९९.५ र कालीगण्डकीमा १११.७ प्रतिशत बालिका तथा किशोरीलाई खोप दिइएको हो ।
खोप अभियानमा पुतलीबजार नगरपालिकामा एक हजार छ सय ९९ जना, भीरकोट नगरपालिकामा आठ सय ४० जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ४७ जना, गल्याङ नगरपालिकामा एक हजार एक सय २८, चापाकोट नगरपालिकामा आठ सय ८९ जना किशोरीलाई खोप लगाइएको खोप फोकल पर्सन महतोले जानकारी दिए ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा चार सय ४६ जना, फेदीखोला गाउँपालिकामा चार सय ७७ जना, बिरुवा गाउँपालिकामा चार सय २४ जना, हरिनास गाउँपालिकामा चार सय ७५ जना, कालीगण्डकी गाउँपालिकामा छ सय ६८ जना र आँधीखोला गाउँपालिकाका चार सय १ जना किशोरीलाई एचपिभी खोप लगाइएको महतोले बताए ।
जिल्लाका ११ वटै स्थानीय तहहरुमा नौ हजार ३१९ जना बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ अभियान सुरु गरिएको थियो । लक्ष्य अनुसारको सफलता मिलेको बताउँदै खोप अभियानमा नौ हजार ३९४ जनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी गरेर नौ हजार तीन सय ९४ जना बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइएको कार्यालय प्रमुख चापागाईंले बताए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा संचालित ३१९ वटा खोप केन्द्रबाट एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ । ३१९ खोप केन्द्र मध्ये १९८ वटा विद्यालय र १२१ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र कायम गरिएको थियो ।
खोप अभियानलाई सफल पार्न जिल्लामा ३१९ जना स्वास्थ्यकर्मी र ६३८ जना स्वयंसेवक खटाइएको कार्यालयले जनाएको छ ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यत: एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो