अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ

अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ

pakrau

पोखरा । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १५३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १५३ जना (१२५ जना पुरुष र २८ जना महिला) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा ९६ जना, लागुऔषध मुद्दामा १४ जना, बैंकिङ कसुरमा १८ जना, अभद्र व्यवहारमा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेकोमा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना र चोरी मुद्दामा ९ जना रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३० गतेसम्मको अवधिमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।

प्रहरीले उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds