कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट स्याङ्जाका तीन गाउँपालिका प्रथम, द्धितिय र तृतिय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्य विधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरिएको थियो । स्याङ्जामा एघारवटा स्थानीय तह रहेकामा कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंकसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदीखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो । त्यस्तै, आँधीखोला गाउँपालिका युवा नेता विश्व पौडेलले नेतृत्व गरेका छन् । तीनवटै गाउँपालिकाका अध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेकामा यहाँका नगरपालिकाहरुको कार्यसम्पादन कमजोर देखिएको छ । नगरपालिकामध्ये वालिङले ७३.७, पुतलीबजारले ७१.७, गल्याङले ६६.१, भीरकोटले ६५.७ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ ।
यसैगरी, गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अंक प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका सात सय ५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ