नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पौडेल स्याङ्जा आउने भएका हुन् ।
नेपाल सरकार, गण्डकी प्रदेश सरकार र बिरुवा गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको यस गाउँपालिकाको प्रशासकीय भवन, भवन संरचनासहितको कुल क्षेत्रफल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशासकीय भवन कार्यालय परिसर भित्र एक प्रशासकीय भवन, एक चमेना गृह, एक सुरक्षा गार्ड भवनसहित २९ वटा कोठा रहेका छन् ।
कुल आठ करोड ४० लाख नौ सय ४६ रुपैयाँमा २०७७ साल असार ३१ गते गिता श्री क्रिएटिभ जे.भी.सँग निर्माण सम्झौता भइ भवन २०८० साल मंसिर २९ गते निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
निर्माण व्यवसायीलाई विभिन्न मितिमा गरि कुल सात करोड ९९ लाख ७० हजार एक सय ८१ रुपैयाँ भुक्तानी भएकोमा नेपाल सरकारको अठहत्तर लाख ८० हजार ४० रुपैयाँ, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार एक सय ४९ रुपैयाँ र बिरुवा गाउँपालिकको छ करोड ४३ लाख १५ हजार नौ सय ९२ रुपैयाँ साझेदारी रहेको प्रशासकीय अधिकृत आचार्यले बताए ।
आचार्यले गाउँपालिकाको नयाँ भवन निर्माणसङ्गै सेवा प्रवाहमा छिटोछरितो र गुणस्तरीय कायम गर्न सहयोग पुगेको दाबी समेत गरे । २०८१ श्रावण १ गते भवन प्रवेश गरी पूर्णरुपमा सेवाप्रवाह सुरु गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु