बिरुवा गाउँपालिका अन्तर्गत वडा स्तरीय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता – २०८१ आजबाट सुरु भएको छ । यहाँको वडा नं – ८ मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा आइतबारसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिता उद्घाटन समारोहमा नेपाल सरकारका पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सुविधा सम्पन्न रङ्गशाला अहिलेको आवश्यकता रहेको बताउँदै खेलमैदानको सम्पूर्ण मापदण्ड पूरा भएकाले रङ्गशाला निर्माणमा लाग्न आग्रह गरे ।
अधिकारीले पुष्पमदन खेलमैदानलाई रङ्गशालाका रुपमा विकास गर्नका लागि गाउँपालिकाको प्रस्तावलाई पारित गर्नेगरी लाग्ने विश्वाससमेत व्यक्त गरे । ‘खेलाडी राष्ट्रका गहना मात्र होइनन्, राष्ट्रका गौरव हुन्’, उनले भने, ‘नयाँ खेलाडी उत्पादनमा पालिका अगाडि बढोस्, खेलको माध्यमबाट नै पालिकाका साथमा राष्ट्रलाई विश्वभर चिनाउन मद्दत पुग्छ ।’
बिरुवा गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित वडा स्तरीय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता – २०८१ मा पुरुष तथा महिला भलिबल र ब्याडमिन्टन प्रतियोगिता र पुरुष सर्टपुटलगायतका खेल हुनेछन् ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ८० हजार, ५५ हजार, ३० हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, महिलातर्फको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी, ब्याडमिन्टन पुरुषतर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार, तृतीय र सान्त्वनाले ४/४ हजार साथै महिलातर्फ प्रथम हुनेले ७ हजार, द्वितीयले ५ हजार, तृतीय र सान्त्वनाले ३/३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्टपुटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेल अवधिभर सहभागी खेलाडीहरुका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा २ नम्वर वडाबाहेक ७ वटा वडाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु