नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे मंगलबार स्याङ्जा आउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिर उद्घाटन गर्न पाण्डे स्याङ्जा आउने भएका हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ ।
नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा पहिलोपटक नवग्रह मन्दिर अर्जुनचौपारीमा निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नवग्रह मन्दिरको दर्शन तथा पूजा गर्न पाइने भएको हो ।
नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । यही फाल्गुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दीप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनेछन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा