पोखरा । कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोस्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ । आइतबार अस्थायी प्रहरी पोस्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कायम गर्ने कुरामा अन्य विभिन्न कार्य पनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको भन्दै त्यसको कदर गर्दै महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु गरिएको जानकारी दिए ।
उनले भने,‘अनुसन्धान विज्ञहरू हाम्रो महिला टोलीहरू हुन् । उत्सृष्ट कार्यक्रमहरू पनि प्रदर्शन गरिसकेका छन् । र शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि उनीहरूको कार्य अत्यन्तै सहानिए छ । जिल्ला प्रहरी कार्यालय, कास्की अन्तर्गत करिब एक सय ३५ जना महिला कर्मचारीहरु कार्यरत छन् । कास्कीको शान्ति सुरक्षा कायम गर्ने क्रममा उनीहरूले उत्कृष्ट योगदान रहेको अवस्थामा महिला टिम मात्र राखेर किन एउटा युनिट खडा नगर्ने भनेर यो कार्य शुभारम्भ गरेको छौँ ।’
उनले प्रायजसो महिलाहरूको टिम जहाँ पनि र जति पनि छन् सबै अनुशासित रहेको पनि बताए । त्यस्तै उनले सवारी दुर्घटनालाई नै हेर्दा पनि त्यसमा पुरुषभन्दा महिला अत्यन्तै कम भएको देखिएको त्यसमा पनि महिला नै बढी अनुशासित रहेको बताए ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो