बुटवल, ५ फागुन । गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र लुम्बिनी प्रदेशका प्रमुख कृष्ण बहादुर घर्तीबीच सोमबार लुम्बिनी प्रदेश प्रमुखको कार्यालय, बुटवलमा भेटवार्ता भएको हो ।
गृहप्रदेश सुदूरपश्चिम पुगेर फर्किएका गण्डकी प्रदेश प्रमुख भट्टलाई लुम्बिनी प्रदेश प्रमुख घर्तीले कार्यालयमा स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

भेटमा जोडिएका दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रदेश–प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउनेदेखि प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने, सबै प्रदेशको प्रदेश प्रमुख कार्यालयको काम कारबाहीमा एकरूपता ल्याउने जस्ता विषयमा छलफल भएको लुम्बिनी प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुखद्वयले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिएका थिए ।

सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलसहितका कर्मचारीहरु, राजनीतिक सल्लाहकार लिलाधर आचार्य, सहस्वकीय सचिव अजयकुमार महरा, गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारी क्षेत्री, लुम्बिनी स्थायी घर भएका सुदूरपश्चिम प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलिलगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेश प्रमुख भट्टले लुम्बिनी प्रदेश प्रमुख घर्तीलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निम्तो गरेका छन् । छिमेकी प्रदेशको भ्रमण गर्न ईच्छुक रहेको बताउँदै प्रदेश प्रमुख घर्तीले उपयुक्त समयमा आफू आउने प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो