पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के. का महासचिव क्याप्टेन पिताम्वर गुरुङले सहयोग प्रदान गरेका छन् । गत माघ २९ गते सहारा यु.के. द्वारा हस्तान्तरण गरिएको लाइव्रेरीमा प्रोजेक्टर र प्रोजेक्टर स्ट्याण्ड जडानका लागी रु ५०,०००/- (पचास हजार रुपैँया) एक कार्यक्रमका विच गुरुङले विद्यालयका प्र.अ लोचना अधिकारी र अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे ।
विद्यालयका प्र.अ. लोचना अधिकारीले स्वागत मन्तव्यका क्रममा विद्यालयको समग्र अवस्था जानकारी गराउदै सहयोगीहरुलाई धन्यवद प्रदान गर्दै स्वागत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले विद्यालयलाई सद्भाव प्रकट गरि सहयोग प्रदान गर्ने दातालाई धन्यवाद व्यक्त गर्दै आफ्नो वडाको विद्यालयलाई विदेशमा रहेर पनि स्वदेशप्रति माया गर्ने दाताहरू देख्दा खुशी व्यक्त गर्दै स्थानीय तहले शिक्षालाई प्रथम प्राथमिकतामा राखेको धारणा राखे ।

सहारा यु.के.का महासचिव क्याप्टेन पिताम्वर गुरुङले विद्यालयमा आउँदा प्रोजेक्टर प्रदान गर्ने सके विद्यार्थीहरूले प्रविधिमैत्री रुपमा सिकाई गर्न सहज हुने र प्रोजेक्टरको आवश्यकता महसुश गरि प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै आगमी दिनहरुमा पनि विद्यालयमा सदैव स्नेह रहनेमा दृढता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले दाता गुरूङलाई धन्यवाद व्यक्त गर्दै सवैको साथ र सहयोग भएमा विद्यालयलाइ थप उचाईमा पुर्याउन सकिने वताए । सोहि क्रममा उनले विद्यालयमा विभिन्न समयमा सहयोग गर्ने दाता एवम् संस्थाहरुलाई स्मरण समेत गरे ।
कक्षा नर्सरी देखि ८ सम्म सञ्चालित विद्यालयमा २५० जना विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । पोखरा ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जनप्रतिनिधी नन्दराम गिरिको विशेष आतिथ्यताका साथ शिक्षक प्रतिनिधी रुद्र बहादुर कार्कीको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन