पोखरा । आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । जबकि आयोजकले पोखरा रंगशालामा विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरेको थियो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले विज्ञप्ति जारी गर्दै वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरेर क्यूआर प्राप्त गरेका सहभागीलाई भने पूर्व निर्धारित समयमै चक्र विज्ञान कार्यक्रममा सहभागी गराइने जनाएका छन् । दर्ता प्रक्रियामा रहेकालाई अर्को वैकल्पिक मिति र स्थान व्यवस्था गरी उपयुक्त तवरले जानकारी गराइ नाम दर्ता गराउने विज्ञप्तिमा उल्लेख छ।
१० दिने कार्यक्रममा दैनिक १० हजार जनाको संख्यामा मानिस उतार्ने तयारी आयोजकको थियो ।
दैनिक खेलकुदका गतिविधि हुने पोखरा रंगशालामा उक्त कार्यक्रम हुन लागेपछि खेलकुदका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । वैकल्पिक स्थानबारे आयोजकले जानकारी दिइसकेको छैन ।
यसैबीच, पोखरा रंगशालामै १० फागुनमा हुने भनिएको ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा हुने जनाइएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा