पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रीका अवसरमा शिवरात्री महामहोत्सव २०८१ हुने भएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्री महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जानकारी दिए ।
उनका अनुुसार महामहोत्सवका अवसरमा शिवरात्रीका दिन प्रातः कालीन महा शिवआराधना, सामूहिक ब्रतबन्ध, सायंकालीन शिव महाआरती एवम् अखण्ड हवन गरिनेछ ।
त्यस्तै सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजन कीर्तन कथा प्रवचन गरिनेछ ।
महामहोत्सवका क्रममा विश्व शान्तिको कामनका लागि उखु, गुर्जो, वेल आदिको रसद्वारा अभिषेक, षोडशोपचारद्वारा पूजा आराधना आरती गरिनेछ भने रात्रीकालीन चार प्रहरमा शिव आराधना गरिने जनाइएको छ । त्यस्तै प्रातकालीन श्रृंगार, एक हजार आठ बिल्व अर्पण, अखण्ड दीपदान आदि कार्यक्रम तय गरिएको छ ।
महामहोत्सवमा कर्ता बन्नका लागि एक हजार एक सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको सहायक प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)