पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा स्कुटरमा सवार आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङ रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सो दुर्घटना भएको हो ।
सिर्जनाचोकबाट जिरोकिमीतर्फ गुडेको ग३च८९७७ नम्बरको जीपले विपरित दिशामा गुडेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छाेरा मनोजले चलाएका थिए ।
सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नं. १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु