पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गरेका छन् ।
कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दास मनोवृत्ति राख्ने होइन । कमजोर भावना, हिन भावना, सानो देशको ग्रन्थी…त्यस्तो पाल्ने होइन । कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन।’
‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’ उनले भने ।
विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।
विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गर्दै उनले थपे, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’
दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे ।
इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।’
‘आफ्ना लागि चरा, फट्यांग्रा, किरा जसले पनि आफ्नो लागि चारो खोजेकै हुन्छ, पेट पालेकै हुन्छ, कुदैकै हुन्छ,’ उनले भने, ‘आफ्ना लागि गर्नु भनेको धेरै ठूलो कुरा होइन । आफ्ना लागि मात्रै गर्न खोजियो भने स्वार्थी भइन्छ । निजात्मकता बढ्छ । आत्मकेन्द्रित हुन्छ मान्छे । त्यसकारण परिवारका लागि हुनुस्, समुदायका लागि हुनुस्, देशका लागि हुनुस् ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा हाजिरीजवाफ र वक्तृत्वकला
प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
राष्ट्रिय जनसाँस्कृतिक महासंघले खुला कविता प्रतियोगिता गर्दै
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)