स्याङ्जा अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई म्याद गुज्रिएका औषधि वितरण गर्ने गरिएको पाइएको छ । दुई दिन अगाडि मात्र चेकजाँचका लागि पुगेका एक बिरामीलाई यहाँको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिइएको हो ।
नाम नबताउने सर्तमा पुतलीबजार नगरपालिका – १ का एक बिरामीलाई उनले प्रयोग गर्ने फ्लूम्याक्स – १० नामक औषधि अस्पतालको फार्मेसीले एक महिना प्रयोगका लागि म्याद गुज्रिएको औषधि दिएको जानकारी दिए ।
यस बारेमा स्याङ्जा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील मरासिनीले सो औषधि भुलबस दिन पुगेको बताउँदै आगामी दिनहरुमा यस्ता गल्ती सुधार गर्ने बताए । मेसु मरासिनीले औषधि वितरण गर्ने बेलामा म्याद हेरी म्याद गुज्रिएका साथै म्याद गुज्रिन लागेकालाई भण्डारन गरेर राख्ने समेत प्रतिबद्धता जनाए ।
अस्पतालमा बिमाको कार्यक्रम सुरु भएसङ्गै बिरामीको चाप समेत बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल फार्मेसीबाट दैनिक जसो दुई सय जना बिरामीलाई औषधि वितरण हुँदै आएको छ ।
अस्पताललाई विश्वास गरेर चेकजाँच गरेर औषधि सेवन गर्दै आएका बिरामीहरुले पनि आफूले प्रयोग गर्ने औषधिहरुको म्याद हेरेर मात्र प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्