विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव

विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव

bipin joshi

प्यालेस्टाइनी विद्राेही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा (साटफेर) रिहाइको नयाँ प्रस्ताव गरेको छ ।

हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो ।

हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ । उनीहरू सबै इजरायली नागरिक रहेकाे बताइएको छ ।

यसैबीच, इजरायलका विदेशमन्त्री गिडेओन सारले दोस्रो चरणको वार्ता यसै हप्ताभित्रै सुरु हुने बताएका छन् ।

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ । उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ । तर, रिहा हुने बन्धकहरूको सूचीमा उनी हालसम्म परेका छैनन् ।

सबै बन्धक र कैदी एकै चरणमा साटफेर गर्ने हमासको नयाँ प्रस्ताव इजरायलले स्वीकार गरेमा भने विपिन पनि रिहा हुने सम्भावना बढेर गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds