पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोक स्थित प्रतिभा माविमा भेला भएका ३ हजार बढी युवालाई सहभागी गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको हो ।
दौडमा २ जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम थियो । १ घन्टाको दौडमा प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर सबैभन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिएको फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताइन् ।

विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए । प्रतियोगितामा सौगात अधिकारी र सक्षम रानाभाट प्रथम हुँदै ५० हजार रुपैयाँ हात पारे । उनीहरुले २०.३४ केजी फोहोर संकलन गरे ।
रिजन थापा र अंकित विके २०.३३ केजी फोहोर संकलन गर्दै दोस्रो भए । उनीहरुले २५ हजार रुपैयाँ पाए । जीवन र जेम्स रानाले १७ केजी फोहोर संकलन गर्दै तेस्रो भए । उनीहरुले १५ हजार रुपैयाँ हात पारे । कार्यक्रममार्फत १ हजार ५० किलो फोहोर संकलन गरिएको थियो ।
मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा माविलगायत विभिन्न संघ, संस्थाको सहकार्यमा भएको दौड गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरे ।
५ किमी दौड सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको हो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा