स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा भएको दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।
पुतलीबजार नगरपालिका – १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखि भएको प्रतियोगितामा आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङ उपाधि विजेता भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा आठ विकेट गुमाएर ३१८ रन जोडेको थियो । ३१९ रनको लक्ष्य पाएको आँधीखोलाले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा सिमित भएको थियो ।
प्रतियोगिताको उपाधि विजेता गल्याङ नगरपालिकाले ट्रफी, मेडल र प्रमाण-पत्रसहित ४० हजार रुपैयाँको किटसेट प्राप्त गरेको थियो । उपविजेता आँधीखोला गाउँपालिकाले २० हजार रुपैयाँको किटसेटसहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्त बुझाएको हो ।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार स्वरुप बेस्ट बलर चापकोट नगरपालिकाका करण पङ्गेनी, ब्याटर आँधीखोला गाउँपालिकाका ईश्वर क्षेत्री, किपर आँधीखोलाका पुर्ण बहादुर जिटी, फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भीरकोट नगरपालिकाका साइमन खाँण र प्लेयर अफ द टुर्नामेन्ट आँधीखोलाका ईश्वर क्षेत्रीलाई ट्रफी, मेडल र प्रमाण-पत्रको दिइएको थियो ।
स्याङ्जा जिल्ला भित्रका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दिवाकर थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो