पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ

पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ

pakrau

पोखरा । पोखरामा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्ला स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्क बस्ने वर्ष २५ को दिपेश चौधरीलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा– ३२ मजुवा स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार चौधरीले बोकेको झोला भित्र ४ के.जी. लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय शिसुवाले जनाएको छ ।

चौधरीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds