पोखरा । महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी सुरु भएको छ ।
हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पूजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव मन्दिरमा सजिसजावट गरी तयारी तिब्र पारिएको बताईएको छ ।शिवरात्री पर्वकै अवसरमा पोखरामा रहेका विभिन्न शिव मन्दिरमा पनि भगवान शिवको महिमा र पर्व मनाउँन तयारी सुरु भएका छन् । पर्वकै अवसरमा लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्घेश्यले विगत ६ वर्षदेखि समाजले यात्रा थालनी गरेको हो ।
विभिन्न झाँकी, बाजागाजा र भजन किर्तन सहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिए । स्थानिय कणेश्वर शिवालयवाट सुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले बताए । बिहान ७ बजेदेखि नै यात्रा सुरु हुने र कार्यक्रममा त्यस क्षेत्रका धार्मिक संघ संस्था, ओम शान्ती, आमा समुह, युवा क्लव, भजन समुह तथा टोल विकास संस्थाको सहभागिता रहने बताईएको छ । नयाँ पुस्तामा धार्मिक जागरण र चेतना ल्याउन यात्रा महत्वपुर्ण हुने समाजले जनाएको छ ।

यस्तै पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्री पर्वको तयारी तिब्र पारिएको छ । प्रत्येक वर्ष शिवरात्री पर्वलाई विशेष रुपमा मनाउँदै आएको मन्दिर व्यवस्थापन समितिले बुधबार मन्दिर परिसरमा भजनकिर्तन गरी शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गरिने समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । बिहानै देखि पवित्र जल, दुध चढाउने कार्य सुरु हुने र यो क्रम दिनभर नै जारी रहने तथा साँझ शिव धुनीमा जल चढाए पछि रातभर भजनकिर्तन गरिने तयारी भएको स्थानिय युवा अर्जुन पौडेलले बताए ।
पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृखंलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो