पोखरा । रोटरी क्लब १२० वर्ष पुगेको अवसरमा पोखरामा स्थापना भएका १० वटा क्लबहरुले संयुक्त रुपमा एकदिने हेरिटेज हाइकिङ कार्यक्रम मार्फत ऐतिहासिक कास्कीकोट दरबारको प्रवद्र्धन गरेका छन् ।
रोटरी क्लबहरुले यस वर्ष देशैभरि छरिएर रहेका पर्यटकिय सम्भावना वोकेका प्रचारप्रसारको अभावमा तर हालसम्म लुकेर बसेका साँस्कृतिक सम्पदाहरुको विवरण तयार पारी सार्वजनिक गर्ने उद्देश्यले हेरिटेज हाइक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अथिति डिष्ट्रीक्ट ३२९२ नेपाल भुटानका गभर्नर इलेक्ट विनोद कोइराला, अथितिहरुमा मिस पोखरा २०२४ श्रृष्टी खड्का, रोटरीका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत रोटरी क्लव अफ पोखरा क्यापिटलका अध्यक्ष सन्तोष शाहीले गरेका थिए । हाइकिङ अन्नपूर्ण गाउँपालिकास्थित नागडाँडाबाट शुरु भइ पोखरा महानगरपालिका वडा नं. २४ मा रहेको ऐतिहासिक कास्कीकोट दरवारमा गएर सकिएको थियो ।
सोही अवसरमा गभर्नर इलेक्ट विनोद कोइरालाले मिस पोखरा २०२४ सृष्टि खड्कालाई रोटरी वर्ष २०२५/२६ को लागि रोटरी पब्लिक इमेज एम्वेसडर घोषणा गरेका थिए भने रोटरी क्लब अफ पोखरा क्यापिटलले अनररी मेम्बरसिप प्रदान गर्ने घोषणा गरिएको थियो ।
फुट ट्रयाक ट्रेलका अध्यक्ष विष्णुहरी दाहालले पोखरा, कास्कीकोट, भदौरे तामागी ट्रेलको बारेमा जानकारी गराएका थिए भने कास्कीकोटमा रहेको ऐतिहासिक गूप्तकालिका मन्दिरका पुजारी ठाकुर प्रसाद त्रिपाठीले उक्त मन्दिरको जानकारी सहित कास्कीकोट इतिहास, शाह वंशिय राजाहरुको इतिहासको बारेमा जानकारी गराएका थिए ।
रोटरीले हरेक वर्ष आफनो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमसहित मनाउने गर्दछ । यस दिनलाई विश्व समभ्mदारी र शान्ति दिवस पनि भनिन्छ । फेब्रुवरी २३, १९०५ मा पल ह्यारिस र उनका तिन जना साथीहरुले रोटरीको स्थापना गरेका थिए । रोटरीले आफ्नो स्थापना पश्चात विश्वभरिनै मानव सेवाका लागी कार्यगर्ने गर्दछ, पोलियो उन्मुलनमा पनि रोटरीको महत्वपूर्ण भूमिका रहेको छ ।
पोखरामा रोटरी क्लव अफ पोखरा, पोखरा मिडटाउन, पोखरा फिस्टेल, पोखरा अन्नपुर्ण, लेखनाथ, पोखरा न्यूरोड, पोखरा लेकसाइड, पोखरा प्याराडाइज, गण्डकी र पोखरा क्यापिटल गरि १०वटा रोटरी क्लव रहेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु