पोखरा महानगरपालिका वडा नं. १९, तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ (साविक आगिन्चोक गाविक वडा नं ८ सुनपोखरी) का ३१ बर्षीय नवीन बस्नेत छन् ।
वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आज बिहान करिब ८ बजे उक्त घटना भएको हो ।
सडकका लागि भित्तो काट्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर बस्नेत गम्भीर घाइते भएका थिए ।
उनलाई उद्दार गरी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा करिब ९ः३० बजे मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
मृतक बस्नेतको श्रीमती र एक छोरी रहेको बताइएको छ । उनी तीन भाइमध्ये माइला हुन् । उनका बयोवृद्ध आमा छन् भने बुबाको धेरै अघि निधन भइसकेको छ । उनी पछिल्लो समय धादिङ नीलकण्ठ नगरपालिका वडा नं. ८ मा बस्दै आएका थिए ।
घटनालगत्तै प्रहरीले आफन्तजनलाई खबर गरेपछि मृतकका दाइ होमबहादुर बस्नेत र अन्य आफन्तजन पोखरा आइपुगेका छन् ।
धादिङ पोखरा सम्पर्क समाजकी अध्यक्ष सरस्वती श्रेष्ठ सरूले आफन्तको सल्लाहमा क्षतिपूर्ति सम्बन्धमा समाजले अगुवाई गर्ने बताइन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह