पोखरा । गण्डकी प्रदेशका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले महाशिवरात्रि पर्व २०८१ को अवसरमा प्रदेशबासीसहित सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि पुराणमा वर्णित रहेको बताउँदै भट्टले यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने उल्लेख गरेका छन्।
‘व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको यस महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । भगवान शिवको सम्बन्ध नेपाली पवित्र भूमिसँग गाँसिएको विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ– ‘शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो ।’
हरेक समुदाय तथा जातजातिका आआफ्ना रितीरिवाज, चाडपर्व र संस्कृति भएपनि सबै जाति र धर्म मान्ने सम्प्रदायले विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उनको भनाई छ ।
साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको २६२ औँ स्थापना दिवसका अवसरमा पनि उनले नेपाली सेनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो