पोखरा । गण्डकी प्रदेशका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले महाशिवरात्रि पर्व २०८१ को अवसरमा प्रदेशबासीसहित सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि पुराणमा वर्णित रहेको बताउँदै भट्टले यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने उल्लेख गरेका छन्।
‘व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको यस महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । भगवान शिवको सम्बन्ध नेपाली पवित्र भूमिसँग गाँसिएको विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ– ‘शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो ।’
हरेक समुदाय तथा जातजातिका आआफ्ना रितीरिवाज, चाडपर्व र संस्कृति भएपनि सबै जाति र धर्म मान्ने सम्प्रदायले विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उनको भनाई छ ।
साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको २६२ औँ स्थापना दिवसका अवसरमा पनि उनले नेपाली सेनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह