“जाउँ है पोखरा” अभियान अन्तर्गत पर्यटन व्यवसायीहरुले बर्दिबासमा अन्तरक्रिया गरेका छन् । होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको अभियानलाई निरन्तरता दिदै होटल संघ अहिले नेपालको पूर्वमा पुगेको छ ।
आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबर्द्धन गर्ने मुख्य उद्धेश्य लिएर देश दौडाहामा निस्केको टोलीले बुधबार बर्दिबासमा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा बोल्दै मधेस प्रदेशका वन उद्यग, बाणिज्य एवं पर्यटनमन्त्री सकिल अलि मियाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आगामी दिनमा बजेटमै समेटेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने ” आगामी बजेट पारित हुनेबेला होटल ब्यवसायी संघ, उध्योग बाणिज्य संघ तथा स्थानीय सरकार र विज्ञहरुसङ सल्लाह, सुझाव लिन्छौ । र त्यसको लागि कहाँ कसरी अघि बढ्नुपर्छ हामी तयार छौ । चाहे त्यो मधेस घुम्मे कुरा होस, चाहे त्यो पोखरा जाने कुरा होस , चाहे त्यो बोर्डरसङ जोड्ने कुरा होस, अब हामी बजेटमै समेट्छौ ।”
आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानका बारेमा जानकारी गराउदै बर्दिवासवासीलाई पोखरा घुम्न निम्तो दिए । उनले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बर्दिबाससङ सहकार्यका लागि आग्रह गरे ।
मधेसका प्रदेश सभा सदस्य सारदा देवी थापा, होटल तथा पर्यटन ब्यवसायी महासङका अध्यक्ष हिरा गौतम, होटल तथा पर्यटन ब्यवसायी महासङ महोत्तरीका अध्यक्ष गुन्जबहादुर कार्की, नाथम कलेजका प्रमुख शिबेन्द्र मलिक र होटल संघ नेपाल मधेस प्रदेशमा महासचिव दिपेन्द्र पराजुलीलगायतले अभियानको सफलताको शुभकामना ब्यक्त गर्दै पर्यटन प्रवर्द्धनमा तिनै तहको सरकारले निजी क्षेत्रसङै हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका उपाध्यक्ष गणेश पहारीले पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिनेमा जोड दिए । गण्डकी प्रदेश पर्यटन बोर्डको मुख्य प्रवर्द्धनमा आइतबार फागुन १८ देखि २२ गतेसम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहरमा अभियान सञ्चालन गरेको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
मुस्ताङमा ७ लाख ५ हजार पर्यटक भित्रिए
मुस्ताङ घुम्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?