“सशक्त महिला, समृद्ध समाज” भन्ने नारासहित दीपशिखा बहुउद्देशीय सामुदायिक सिकाइ केन्द्रले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम साथ सम्पन्न गरेको छ । केन्द्रले ८ मार्चको अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का महिलाको लागि महिला अधिकार तथा सकारात्मक सोच सम्बन्धि तालिमको आयोजना गरेर मनाएको हो । तालिमको नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा महिलाहरूको सशक्तीकरण, आत्मनिर्भरता र सामाजिक नेतृत्वक र सकारात्मक सोचको विषयमा सहजिकरण गरेकी थिइन ।
उक्त तालिमको उद्घाटन सत्रमा वडा नं. २९ की वडा सदस्य एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले सामाजिकक रुपान्तरणमालाग्ने महिलाले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको अनुभव सुनाउँदै महिला सशक्त भएर अगाडि बढ्न सके अधिकार स्थापित हुने धारणा राखिन् ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमहरू आवश्यक रहेको बताइन । उनले आर्थिक सशक्तिकरणले महिला माथिको हिंसा न्युनिकरण हुने बताइन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै केन्द्रका कोषाध्यक्ष माधव भण्डारीले महिला सशक्तीकरणका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिदै पछिल्लो समय महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्व गर्दै अघि बढेको बताए ।
तालिममा सहभागी शान्ता पौडेलले महिलाहरूको शिक्षा र नेतृत्व क्षमताको विकासले मात्र समतामूलक समाजको निर्माण सम्भव हुने तालिमले महिलालाई ऊर्जा र ज्ञान प्रदान गरेको बताइन ।
सिकाइ केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारी, सचिव होमनाथ पौडेल, वडा नं. २९ की जनप्रतिनिधि सुकमाया बिक लगायतले महिलाको हक, अधिकार र अवसर सुनिश्चित गर्ने सवालमा आफ्नो विचार राखेका थिए ।
सहभागीहरुले महिला सशक्तीकरणको आवाज बुलन्द बनाउने यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । सिकाइ केन्द्रकी उपाध्यक्ष सावित्री भण्डारीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन धनुमाया पहारीले गरेकी थिइन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन