पोखरा । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए ।
नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसी वारे प्रशिक्षण दिएका थिए ।
गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमा बोल्दै पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।
गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।
कार्यक्रममा एवान ग्रेटर नेपालका अध्यक्ष अर्जुन पौडेल, समितिका संस्थापक अध्यष दयााम भारती, निवर्तमान अध्यक्ष राम बहादुर तामाङ, सुरक्षित यात्राका अभियान्ता शिव वस्ताकोटी, एकिकृत यातायात मजदुर संगठन, गण्डकीका अध्यक्ष तिलक विश्वकर्मा, ले मन्तव्य राखेका थिए । समितिका सचिव श्याम कुमार ताम्राकारले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष इश्वर बस्यालले राखेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन