बागलुङ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा अध्यक्षका उम्मेदवार दीपक सुवेदीले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् ।
उम्मेदवारी फिर्ताको समयसम्म कसैले पनि फिर्ता नलिएको अवस्थामा सबैको उम्मेदवारी कायम रहेपनि सुवेदीले अब नेवि संघ नेतृत्वको सृष्टि आचार्यको प्यानललाई नै समर्थन रहने भन्दै पत्रकार सम्मेलन गरेका छन् ।
स्वतन्त्र उम्मेदवार सुवेदीले आफ्नो उम्मेदवारी प्राविधिक हिसाबले फिर्ता लिने अवस्थामा नरहेपनि आफू आवद्ध नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार सृष्टि आचार्य रहेकाले आचार्यको प्यानललाई समर्थन गर्ने निर्णयमा पुगेको बताए ।
‘म स्ववियू उपाध्यक्ष र विद्यार्थी नेताको रुपमा रहेकाले स्वभाविक हिसाबले स्ववयु अध्यक्ष पदको उम्मेदवार बनेको थिएँ । मेरो संगठन नेपाल विद्यार्थी संघले सृष्टि आचार्यलाई अध्यक्षमा उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेकोमा मेरो पनि समर्थन रहेको छ ।’ सुवेदीले भनेका छन् – ‘प्राविधिक कारणवश फिर्ता गर्न छुटेको मेरो उम्मेदवारी सृष्टि आचार्यको प्यानललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको जानकारी गराउँदछु । सबै विद्यार्थी मतदातालाई सृष्टि आचार्य नेतृत्वको नेविसंघका आधिकारिक प्यानलमा मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’
गत २७ गते भएको उम्मेदवार मनोनयन दर्ताका क्रममा नेविसंघका नेता तथा स्ववियुका निवर्तमान उपाध्यक्ष सुवेदीले आफुलाई नेविसंघबाट अन्याय भएको भन्दै स्वतन्त्र विद्यार्थी समुहबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ताको समयसम्म नेपाली काँग्रेस तथा नेविसंघका उच्च तहका नेताहरुले सुवेदीलाई उम्मेदवारी फिर्ताको लागि कसरत गरेका थिए । त्यसपछि पनि उम्मेदवारी फिर्ता नगरेका सुवेदी अन्ततः ढिलै भएपनि आफ्नो अडानबाट पछि हटेका हुन् ।
नेपाल विद्यार्थी संघको प्यानलबाट सभापतिमा सृष्टि आचार्य, सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापाले उम्मेदवारी दिएका छन् । यस्तै, सदस्यहरुमा दीपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवास बाबु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उम्मेदवारी दिएका छन् ।
अखिल संयुक्तको प्यानलबाट सभापतिमा आश्विन शेख, सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा बिकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन बिश्वकर्मा र किस्मत घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचारः
धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा