धादिङमा होली खेल्न भनी घरबाट निस्किएका दुई किशोरी बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–५, पतेनीका संगीता श्रीमलकी १८ वर्षीया छोरी दुर्गा श्रीमल र सोही स्थानकी रिंकी मचकोटीकी १३ वर्षीया छोरी सबिना मचकोटी छन्।
उनीहरू होली खेल्न भनी बिहीबार धादिङबेसी गएकामा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होलीको दिन फागुन २९ गते दिउँसो १२ बजेतिर घरबाट निस्किएका उनीहरू त्यो रात आफन्तको घरमै बसेको भनी दुर्गाको मोबाइलबाट सबिनाकी आमा रिंकीलाई फोन आएको थियो।
रिंकीको बुवाको फूपूदिदीको घर (सबिनाको फूपू हजुरआमा) धादिङबेंसी सुनौलो बजारमा छ। अरू बेला पनि बजार जाँदा उनीहरू त्यहीँ बस्ने गरेको बताइएको छ ।
दुर्गाले पढाइ छोडिसकेकी छन् भने सबिना गाउँमै रहेको पतेनी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्थिन्।
उनीहरू बसेको घरबाट शुक्रबार (हिजो) बिहानै मन्दिर गएर आउँछौँ अनि दिउँसो घर जानी भनेर निस्किएको आफन्तहरू बताउँछन्। तर उनीहरू नफर्केपछि आफन्तले घर गए होलान् भन्ने सोचेका थिए।
तर रातिसम्म पनि घर नपुगेपछि दुर्गा र सबिनाका परिवारले छोरीहरू हराए भनी धादिङ प्रहरीलाई खबर गरेका थिए ।
धादिङ प्रहरीले बेपत्ता दुई बालिकाको हुलियासहित खोजीमा सहयोग गर्न आम नागरिकसँग अपिल गरेको छ।
प्रहरीका अनुसार गहुँगोरो वर्ण करिब ५ फिट उचाइ भएकी दुर्गा श्रीमलले सेतो टिसर्ट र कालो पाइन्ट लगाएको जानकारी आफन्तले गराएका छन्।
यस्तै गहुँगोरो वर्णकै करिब ४.५ फिट उचाइकी १३ वर्षीया सविना मचकोटीले धर्के कुर्ता र कालो पाइन्ट लगाएको आफन्तले बताएका छन्।
यस्तो हुलिया भएका बालिकालाई कोही कसैले देखे नजिकको प्रहरी चौकीमा खबर गरिदिन धादिङ प्रहरीले अनुरोध गरेको छ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’