प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ को उपाधिका लागि गल्याङ नगरपालिका र बिरुवा गाउँपालिका भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा बिरुवाले वालिङ् नगरपालिकालाई जितेसङ्गै गल्याङसङ्गको भेट पक्का गरेको हो । पहिलो सेट गुमाएको बिरुवाले वालिङ्लाई ३ – १ को सेटमा २४ – २६, २५ – २२, २५ – १७ र २५ – २३ अङ्कले जित निकालेको हो ।
वालिङ् खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गल्याङ नगरपालिकाले भीरकोट नगरपालिकालाई ३ – २ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गल्याङले भीरकोटलाई २४ – २६, २५ – १९, २६ – २४, २५ – २० र १५ – १३ अङ्कले पराजित गरेको हो ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा वालिङ् खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक उमराज गुरुङले बताए ।
स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा यहाँका छ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध