प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ को उपाधिका लागि गल्याङ नगरपालिका र बिरुवा गाउँपालिका भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा बिरुवाले वालिङ् नगरपालिकालाई जितेसङ्गै गल्याङसङ्गको भेट पक्का गरेको हो । पहिलो सेट गुमाएको बिरुवाले वालिङ्लाई ३ – १ को सेटमा २४ – २६, २५ – २२, २५ – १७ र २५ – २३ अङ्कले जित निकालेको हो ।
वालिङ् खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गल्याङ नगरपालिकाले भीरकोट नगरपालिकालाई ३ – २ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गल्याङले भीरकोटलाई २४ – २६, २५ – १९, २६ – २४, २५ – २० र १५ – १३ अङ्कले पराजित गरेको हो ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा वालिङ् खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक उमराज गुरुङले बताए ।
स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा यहाँका छ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्