पोखरा । सहारा क्लब यु.के.का संस्थापक अध्यक्ष नविन गुरुङले पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागतका क्रममा विद्यालयको स्थापना, सहारा क्लब संगको सहकार्य हुदै १७ वर्ष अघि निवन गुरुङ सहित सिमोन फेरेजको स्मृतीहरूबारे स्मरण गरिन् ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिलाई उक्त क्रममा आफ्नो ९१ वर्षिय आमा कमला देवी गुरुङ र वहिनी सुजिता शाहीद्वारा प्रदान गरिएको नगद रकम रू.२१,०००/-(एक्काइस हजार रूपैयाँ) गुरूङले हस्तान्तरण गरेका हुन् ।
१७ वर्ष अगाडी विद्यालयमा आउदा र वर्तमान अवस्थामा विद्यालयमा देखेको परिवर्तनप्रति खुशी व्यक्त गर्दै विद्यालयमा आगमी दिनहरुमा पनि विद्यालयमा सहकार्य गर्न उत्सुक रहेको धारणा राख्दै सहयोगी दाताहरुलाई पनि सहयगोका लागी आपिल गरे ।
उक्त क्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वसोवास गरेर पनि आफ्नो देशप्रति स्नेह, मया प्रदान गर्नुहुने दाता नविन गुरुङ र उहाँको परिवारलाई धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले नविन गुरुङले सहारा क्लब यु.के.को स्थापनामा गर्नुभएको पहल, सहारा एकेडेमी स्थापनामा पुर्याउनुभएको योगदानहरुलाई स्मरण गर्दै आज आफूले नेतृत्व गरेको विद्यालयलाई माया गरेर सहयोग प्रदान गर्नुहुने गुरुङ परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा डा.मनेन गोर्खाली, शिक्षक सुदिप कोइरालाको पनि उपस्थीती रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ