पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरी (ठूलो) ले रड प्रहार गरेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाथि गिरीले रडले हान्दा सँगै रहेका अर्का स्थानीयले छेकेका थिए ।
सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसी र अन्य स्थानीयहरुपनि उपस्थित थिए । गिरीले सार्वजनिक जग्गा मिचेर आफ्नो घर नजिकै संरचना निर्माण गरिरहेका थिए ।
घर नजिकै रहेको बाझी पोखरीले चर्चेको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेकाले रोक्न जाँदा आफूमाथि ज्यान मार्ने उद्देश्यका साथ रड प्रहार गरेको वडाध्यक्ष सुवेदी बताउँछन् ।
‘पहिल्यै सार्वजनिक जग्गामा घर नबनाउनुस्, यसले समस्या पर्छ भन्दा पनि उहाँले अटेर गर्दै बनाइरहनुभयो । मेरै हो भनिरहनुभयो । त्यसोभए सेतो रातो जे पुर्जा छ, देखाउनुहोस् न त भन्दा प्रमाण केही देखाउन सक्नुभएन । त्यो सार्वजनिक जग्गा नै हो ।’ सुवेदीले भने– ‘महानगरसँग समन्वय गरी नगर प्रहरी बोलाएर रोक्न खोज्दा उहाँ मार्ने उद्देश्यले प्रस्तुत हुनुभयो । उहाँले रड लिएर आउनुभयो । एक्कासी मलाई हान्दा अगाडि बढेर रोकेँ, अर्को साथीले पनि छेक्नुभयो, टाउकोमा लागेको भए ?’

गिरी विरुद्ध प्रहरीमा उजुरी
वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीविरुद्व निवेदन दिएका छन् ।
गिरीलाई कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको प्रहरीले बताएको छ ।
रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।
मेयरद्वारा निन्दा
पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त घटनाको निन्दा गरेका छन्।
उनले महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियान चलाएको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा भूमिका खेल्न महानगरबासीलाई आग्रह गरेका छन्।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध